अध्यादेश बारे नेता रावलले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
5.9K
SHARES

१ भदौ काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले उक्त अध्यादेश निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल भएको बताएका हुन् । विगतमा यस्तै अध्यादेशको विरोध गर्नेहरू अहिले आफैँ त्यही बाटोमा लागेको उनको भनाइ छ ।

“दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षाविपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो,” उनले लेखेका छन्, “विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन ? २०५४ सालमा एमाले फुटाउँदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन ?”