राष्ट्रपतिलाई नेता चौधरीले गरे यस्तो प्रश्न


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
4.5K
SHARES

२ भदौ काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यादेश जारी नगरी अल्झाएर राखेको भन्दै राष्ट्रपतिप्रति आक्रोश व्यक्त गरेका छन् । सो समूहका एकजना सांसदले हामीसॅंग कुरा गर्दै राष्ट्रपतिप्रति आक्रोश व्यक्त गरेका छन् ।

“केपी शर्मा ओलीले संसद् भंग गर्ने गरी लगेको प्रस्ताव पाँच मिनेटमै जारी गर्ने, अहिले अध्यादेश आउँदा के हेरेर बसेको ?,” सांसद मेटमणि चौधरीले  कुराकानीमा भने, “जारी नगरी सुख त छैन ।”

हाम्रो प्रश्नमा उनले भने, “राष्ट्रपति हटाउने तागत पनि हामीसँग छ । लाजकाजका लागि आजको दिन रोकिएला, कति दिन रोक्न सकिन्छ र ?”