नौविसे–नागढुङ्गा सडक खण्ड अवरुद्ध


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
6.4K
SHARES

२ भदौ धादिङ । त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नागढुङ्गा सिस्ने खोला सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सडक अबरुद्ध भएको हो ।

सडक अवरुद्ध भएका कारण काठमाडौं प्रवेशका लागी तराईलगाएत विभिन्न जिल्लाहरुबाट आएका सवारीका साधनहरु अलपत्र परेका छन ।

सडक खुलाउने प्रयास भई रहेको भएपनि पहिरो ठुलो भएकाले बाटो खुलाउन नसकिएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाले जानकारी दिएकी छन । उनका अनुसार छिटोभन्दा छिटो बाटो खुलाउने प्रयास जारी रहेको छ ।