यस्ता निर्णय गर्दै मन्त्रिपरिषद् बैठकका सम्पन्न


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३ २०७८
3.6K
SHARES

३ भदौ काठमाडौं। सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १६ भदौमा कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यस्तै, बैठकले ७ भदौमा पर्ने गाइजात्रा पर्वमा देशभरका नेवार समुदायलाई बिदा दिने निर्णय पनि गरेको उनले बताए। बैठकले रथी प्रभुराम शर्मालाई महारथीमा बढुवा गर्दै प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

यस्तै, तराई मधेस द्रूत मार्गका लागि सहायक संरचना निर्माण गर्न राष्ट्रिय वन क्षेत्रभित्र पर्ने काल भैरव र गौरीशंकर वनको ५ दशमलव २२ हेक्टर क्षेत्रफल प्रयोगका लागि स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष रहेका महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृत गर्ने, सहसहचिव डिल्लीप्रसाद रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय समेत भएको प्रवक्ता कार्कीले बताए।