यस कारण काठमाडौंको आकासमा जहाज घुमिरह्यो
७ भदौ काठमाडौं ।अहिले चीनको छेङ्दुबाट आएको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न सकेको छैन । छेङ्दु विमान स्थलबाट काठमाडौंका लागि सवा ३ घण्टा अघि प्रस्थान गरेको एयरबस A330-343सिचुआन एअरलाइन्सको विमान त्रिभुवन विमान स्थलमा अवतरण गर्न नसकेर आकासमै फन्को मारिरहेको हो ।
एकाविहानै विमान आकासमा धेरै पटक घुमिरहंदा सर्वसाधारणहरु पनि अचम्ममा परेका थिए । त्रिभुवन विमानस्थल टावरसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपनि आज विहानैदेखि पानी परिरहेकाले मौसमको खराबीका कारण विमान अवतरण गर्न नसकेको अनुमान गरिएको छ ।