उपत्यकामा भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
9.1K
SHARES

८ भदौ काठमाडौं । काठमाडौं उपत्यकामा यही भदौ १६ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।