स्वास्थ्य क्षेत्रमा निजिकरण बन्द गर्न आव्हान – अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
6.9K
SHARES

११ भदौ काठमाडौ । आज अखिल (क्रान्तीकारी) गण्डकी प्रदेशले निजिकरणको विरोद्ध गर्दै प्रेस विज्ञप्ती जारी छ ।

वि.स २०५१ सालमा ४९ वर्षपछी नेपाललाइ हस्तान्तरण गर्नेगरी भारतीय लागानिकर्तासंग सम्झौता भइ संचालित पोखराको मणिपाल शिक्षण अस्पताल बेचेर व्यापारी केन्द्र बनाउन ठिक्क पारियको छ भन्दै नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै स्वास्थ्य क्षेत्रमा निजिकरण बन्द गर्न आव्हान गरको छ ।

विज्ञप्ति

हाम्रो महान तथा गौरवशाली संगठन अनेरास्ववियू(क्रान्तिकारी) गण्डकी प्रदेश अग्रज विर शहिद, वेपत्ता ,घाइते योद्दाहरुको

त्याग समर्पण र बलिदानको जगमा सधै अग्रगमन र परिवर्तनको धारको रुपमा स्थापित लोकप्रिय तथा नेतृत्वदायी संगठन रहेको सबैमा सर्वबिदितै छ |

विद्यार्थी आन्दोलनवाट प्राप्त उपलब्धिको रक्षा तथा कार्यान्वयन र बिधार्थीको हकहित,अधिकारको लागि हामि सधै संघर्षको मैदानमा छौं |

पोखरामा कहिले फेवाताल मिचिने त कहिले सार्वजनिक प्राकृतिक सम्पदा कौडिको भाउमा निजि क्षेत्रलाइ सुम्पन खोज्ने कुरा नौलो होइन ।

यसैबीच २०५१ सालमा ४९ वर्षपछी नेपाललाइ हस्तान्तरण गर्नेगरी भारतीय लागानिकर्तासंग सम्झौता भइ संचालित पोखराको मणिपाल शिक्षण अस्पताल बेचेर व्यापारी केन्द्र बनाउन ठिक्क पारियको छ |

राज्यलाइ अर्बौ रकम अस्पतालले कर वापत तिर्न बाकि रहेको छ । स्वत सरकारको मातहत आउने शिक्षण अस्पतालको सम्झौता रातिराति गरिनुले यसमा भयकंर षडयन्त्र लुकेको छ

यसको खुलासा केहि दिनमा हुनेनै छ सरकारिकरण हुन ठिक्क भयको संश्था निजीकरणको प्रपन्चमा धकेलेर मानिसको स्वास्थ्यलाइ व्यापार मात्र गर्ने र सम्झने घृणित सपनालाइ घोर भर्षना गर्दछौ ।

आम मानिसको पहुच भन्दा बाहिर यो संस्थालाइ पुर्याउन खोजिदैछ भन्ने कुरा अब कहि लुकायर लुक्न सम्भब छैन ।
यदि यो सम्झौता रोकियन अगाडी बढाइरहियो र जनताको स्वास्थ्य सेवा माथि खेलाचि गरिरह्यो भने

निजीकरण हुनवाट जोगाउन सारा सचेत युवा बिधार्थीहरु प्रतिरोधमा आउन बाध्य हुनेछौ !

निजिकरण मुर्दाबाद !
स्वास्थ्य सेवा माथिको दोहन बन्द गर !

क्रान्तिकारी अभिवादन सहित !