प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता सम्पन्न
१२ भदौ काठमाडौं। आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। बिहान बालुवाटारमा भएको भेटवार्तामा सरकारलाई यथाशिघ्र पुर्णता दिने बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रचण्डको स्वकीय सचिव गंगा दाहालका अनुसार दुई जनाबीच अपूरो मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिनेबारे छलफल भएको छ।
‘आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष कमरेड प्रचण्डबीच भेटघाट भएको छ,’ दाहालले भनेकी छन्, ‘भेटघाटको क्रममा सरकारलाई यथाशीघ्र पूर्णता दिनेबारे छलफल भएको छ।’