घर भत्किंदा बालिकाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
8.1K
SHARES

१३ भदौ पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरमा कच्ची घर भत्किदा एक बालिकाको मृत्यु भएको छ । लगातारको बर्षाका कारण गए राती करिब साढे २ बजे आफ्नै कच्ची घरमा सुतीरहेका बेला नारायण दर्जीको घर भत्किएको थियो ।

घर भत्किंदा १० बर्षीया नैना दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुतिरहेको अवस्थामा घर भत्किंदा घाईते भएकी वालिकाको युनाईटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।