कोरोना संक्रमण स्थिर, काठमाडौंमा पुनः के होला निषेधाज्ञा ?


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८
3.2K
SHARES

१६ भदौ काठमाडौं । नेपालमा साउनयता कोभिड–१९ संक्रमितको संख्या स्थिर देखिएको छ । अहिले दैनिक थपिने संक्रमितको संख्या दुई हजारदेखि ३ हजारको बीचमा छ । लामो समय स्थिर रहेको यो संख्या चाडपर्व नजिकिँदै गर्दा बढ्नसक्ने विज्ञहरूको आंकलन छ ।

१५ दिनमा थपिए २७ हजार संक्रमित, ४२३ जनाको मृत्यु
नेपालमा भदौ महिनाका १५ दिनमा २७ हजार ८०९ जना संक्रमित थपिएका छन् । ४२३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार यो १५ दिनको अवधिमा एक लाख ३८ हजार ३६४ वटा नमुनाको कोभिड परीक्षण गर्दा २७ हजार ८०९ जनामा संक्रमण पुष्टि भएको हो ।

भदौ १५ गतेसम्म नेपालमा कोभिड संक्रमित हुनेको संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ रहेको छ । २० जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ भने १८ जिल्लामा २ सयभन्दा बढी छ ।