आज कोरोनाबाट १६ को मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
5.1K
SHARES

१७ भदौ काठमाडौ । नेपालमा आज २००४ जना कोरोना संक्रमित थपिएका छन् । १४६५० जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै हाल सम्म संक्रमितको कुल संख्या ७ लाख ६५ हजार ९१४ पिसिआर बाट र एन्टीजेनबाट ८४ हजार २९४ पुगेका छन् ।

यसै गरी आज १८४६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल सम्म निको हुनेको संख्या ७ लाख २१ हजार १८२ पुगेको छ ।

यसै गरी २४ घण्टामा संक्रमणका कारण १६ जनाको ज्यान गएको छ । हाल सम्म मृत्यु हुनेको संख्या १० हजार ७८६ पुगेको छ ।