प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८
6.2K
SHARES

१७ भदौ काठमाडौं।आज प्रधानमन्त्री शेर बहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बारेमा जानकारी लिएका छन्।

खनाल निवास डल्लु पुगेर प्रधानमन्त्री देउवाले खनालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। भेटका क्रममा खनालले आफ्नो उपचारका लागि सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

त्यस्तै देउवाले वर्तमान गठबन्धनमा सरकारले सबैलाई समेट्ने र देश र जनताका लागि काम गर्ने बताएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि असार २ गते उपचारका लागि भारत गएका खनाल सोमबार स्वदेश फर्किएका थिए।