एक हजार ८९ संक्रमित थपिए, २० जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २० २०७८
3K
SHARES

२० भदौ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ८९ जना कोभिड संक्रमित थपिएका छन् ।  ७ हजार ९७१ वटा नमूनाको परीक्षण गर्दा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा २० जनाको मृत्यु पुष्टि भएको छ, योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

त्यस्तै आज एक हजार ५३४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म देशभर कोभिड १९ का सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।