दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
२३ भदौ काठमाडौं । संघीय संसदको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक आज बस्ने भएको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा केही अध्यादेशहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् । राष्ट्रिय सभाको बैठक पनि दिउँसो ४ बजे बोलाइएको छ ।
सरकारले साउन ३२ गते अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको थियो । उक्त अध्यादेश अनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।