एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २३ २०७८
6.2K
SHARES

२३ भदौ काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै छ। बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बैठक बस्न लागेको हो।

बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदैछ। योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्।

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ। उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन्।