विद्यार्थी आन्दोलन सकियो भन्नेहरूलाई अखिल (क्रान्तिकारी)ले पाठ सिकाउछौ – नेता देवकोटा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २४ २०७८
8.4K
SHARES

२४ भदौ काठमाडौं। माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को  ११ औ ताप्लेजुंगको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष दिपक देवकोटाले राष्ट्रियताको परेहेदारीको निम्ति अखिल (क्रान्तिकारी) फेरि एकपटक अग्रगमनमा जनताको पक्षमा ढाल बनेर उभिन तयार रहेको बताएका छन ।

उनले भने – बलिदानबाट ल्याएको संघीय लोकतान्त्रीत गणतन्त्रलाई जोगाउन जोखिमपूर्ण आन्दोलन गर्न समेत तयार रहेको बताए । विद्यार्थी आन्दोलनको औचित्य छैन भन्नेहरूलाई विद्यार्थी आन्दोलन नै अपरिहार्य छ भनेर हामी देखाउन तयार छौ ।

शैक्षिक , राजनैतिक र जनताको अभिभाराको साथै राष्ट्रियता  र जनजिविकाको पक्षमा सधै लहिरहने बताए । एमसिसि यहि अवस्थामा कुनै पनि हालतमा पास हन दिईने छैन यदि सरकारले जनताको जनभावना विपरित काम गरेको खण्डमा लाखौ विद्यार्थी सडमा ल्याएर आन्दोलन गर्न बाध्य हुनेछौ ।