एमसीसी सम्झौता अघि बढाउने मेरो प्रयास जारी छ – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २५ २०७८
3K
SHARES

२५ भदौ काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवा र मिलिनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले एमसीसीलाई अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएको अर्थमन्त्रालयले जनाएको छ ।

“प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेसनबीच २०१७ मा सम्पन्न अनुदान सम्बन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको कुरा बताउनुभयो,” अर्थमन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
एमसीसी उपाध्यक्ष सुमारले एसमीसी सम्झौता संसदबाट छिट्टै अनुमोदन हुने विश्वास व्यक्त गरेको बताइएको छ ।