एमालेको स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
2.6K
SHARES

२६ भदौ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा आज बिहान ९ बजे बैठक बस्न लागेको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेबरहादुर तामाङले जानकारी दिए।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए।

यसअघि एमाले स्थायी कमिटी बैठक हिजै अपराह्न ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि बस्न नसकि स्थगित भएको थियो।