आज ९९४ कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
2.5K
SHARES

२६ भदौ काठमाडौं । नेपालमा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार ८४० वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९९४ जनाको नतिजा पोजिटिभ आएको हो । ६ हजार १३७ नमुनाको पीसीआर परीक्षण गर्दा ७७७ र तीन हजार ७०३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१७ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३६८ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।