ओलीप्रति आक्रामक हुदै अध्यक्ष नेपालले लगाए यस्तो आरोप


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
5K
SHARES

२६ भदौ काठमाडौं ।आज  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् ।

शनिबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीको दक्षिणपन्थी गठबन्धन सबै उपलब्धिलाई तुहाउन चाहनेको गठबन्धन भएको आरोप पनि लगाए ।

उनले आफूहरूको सत्तारूढ गठबन्धन भने मुलुक निर्माणका लागि भएको जिकिर गरे ।

एमालेका अध्यक्ष ओलीप्रति आक्रामक देखिएका नेपालले ओलीमा क्रान्तिकारी ज्वाला निभिसकेको बताए । उनले एमालेलाई ओलीको निजी कम्पनीको रूपमा परिणत गरिएको आरोप लगाए ।

उनले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा छ भन्ने ग्यारेन्टी भएपछि मात्रै अघि बढाइने पनि बताए । एमसीसीका प्रतिनिधिहरूसँगको भेटमा आफूले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको उनले सुनाए ।