एमसीसी सम्झौता : नेपालको हित विपरित स्वीकार्दैनौ – अध्यक्ष नेपाल
२६ भदौ नेपालगन्ज । अहिले एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ ।
युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्न्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए ।
‘एमसीसीमा भएका बुँदाहरू प्रष्ट हुनुपर्छ । मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु । नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल गर्न सकिन्छ’, नेपालले भने ।