रेस्लिङ खेल्न संसद भवन होईन , टुडिखेल गए हुन्छ – उपाध्यक्ष सिंह


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८
24.7K
SHARES

२७ भदौ काठमाडौं। आज अखिल (क्रान्तिकारी)की उपाध्यक्ष पन्चा सिंहले अबको विद्यार्थी आन्दोलन पृथक् ढंगले अगाडि बढाइने बताएकी छन्। अनेरास्ववियू (क्रान्तिकारी) सुर्खेत जिल्लाको २२ औं जिल्ला सम्मेलनमा सिंहले अबको विद्यार्थी आन्दोलनको मुख्य नेतृत्व अनेरास्ववियू (क्रान्तिकारी)ले गर्ने बताइन्।

उनले अहिले शिक्षा र जनजीविकाका सवालहरू ओझेलमा रहेकोले बताइन्। उक्त मुद्दामा अखिल क्रान्तिकारी नागरिक साथ उभिने पर्ने उनले बताइन्।

जनमुखी बजेटका विरुद्ध नेकपा एमालेले संसदमा अमर्यादित ढंगले आफ्ना गतिविधि गरेको भन्दै सिंहले उक्त कार्यको भर्त्सना पनि गरिन्। उनले एमाले सांसदहरूलाई संसदमा नभएर टुँडिखेल गएर रेस्लिङ खेल्ने आग्रह गरिन्।