एमालेलाई आउँदो चुनावमा पत्तासाफ पार्छौ – उपाध्यक्ष पुन


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८
11K
SHARES

२७ भदौ काठमाडौं ।आज नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले आगामी चुनावमा नेकपा एमालेलाई पत्तासाफ पार्नेगरी अगाडि बढ्ने बताए।

अखिल (क्रान्तिकारी) तनहुँको २२औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पुनले अब राज्यसत्ताको नेतृत्व आफैँ गर्न आउँदो चुनावमा कांग्रेसलाई हाप र एमालेलाई पत्तासाफ पार्नेगरी अगाडि बढ्ने बताएका हुन्।

नेपालको परिवर्तन सबै माओवादीको एजेण्डामा भएको र चलेको तर राज्य सत्ता चलाउने विभिन्न ठाउँमा हिजोको परिवर्तनका एजेण्डा विरोधी बसेको बताउँदै पुनले आागमी चुनावमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने दाबी गरेका छन्।