सभामुखलाई हटाऔँ – नेतृ ओली
२८ भदौ काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाका विषययमा एमाले सांसद कोमल वलीले राष्ट्रियसभामा प्रश्न उठाएकी छन् । प्रतिनिधिसभामै एमालेले अवरोध जारी राखेको छ ।
सभामुखप्रति गम्भीर असहमति राख्दै आएपनि एमालेले प्रतिनिधिसभामा अहिलेसम्म सभामुखको राजीनामा मागेको छैन । तर, राष्ट्रियसभा सदस्य कोमल वलीले भने सभामुखलाई कुर्सीमा बस्ने कुनै अधिकार नभएको बताएकी छन् ।
“संवैधानिक व्यवस्था अनुसार विधि र प्रक्रिया विपरित गएर संसदीय मर्यादाको उलंघन गर्न सांसदहरूलाई पार्टीले निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कुनै स्वार्थका निम्ति कसैको विलासका निम्ति सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सीलाई अपमान गर्न मिल्छ ?,” वलीले भनिन्, “जसले कुर्सीको महत्व बुझ्दैन त्यस्तो व्यक्तिलाई कुर्सीमा बस्ने अधिकार हुँदैन ।”
उनले हिजो रामबहादुर थापा, लेखकराज भट्ट, टोपबहादुर रायमाझी र प्रभुसाह लगायतलाई एमालेको विश्वास छ भन्दापनि सांसद पद गएको भन्दै पार्टीको ह्विप उलंघन गरेका माधव नेपालसहितलाई कारबाही नभएको बताइन् ।