आज १,४८६ कोभिड संक्रमित, १६ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
10.7K
SHARES

२८ भदौ काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४८६ जना कोभिड संक्रमित थपिएका छन् । १६ हजार ५३९ वटा नमुनाको परीक्षण गर्दा १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६३० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ । त्यस्तै आज १ हजार २६० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।