प्रचण्डमाथि अध्यक्ष ओलीले लगाए यस्तो आरोप
२९ भदौ काठमाडौ ।आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असल बाबु,काका र ससुरा भन्दै टिप्पणी गरेका छन् । झापामा आयोजित कार्यक्रममा उनले सबैतिर राम्रो हुँदा पनि बेइमान नेता भएको आरोप लगाए ।
“उहाँ एउटा असल बाबु हो, असल काका हो । असल ससुरो हो । राम्रो सम्धी,ससुरा, बाबु,काका हुन् तर, धोकेबाज नेता हो । बेइमान नेता हो । उहाँ छट्टु नेता हो,” उनले भने ।
त्यस्तै, कार्यक्रममा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सपना कहिल्यै पूरा नहुने पनि दाबी गरे ।