निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ – अर्थमन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
9.1K
SHARES

३० भदौ ललितपुर । आज अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचाैँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरूले पाउने उचित ज्याला अनिवार्य रूपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।

“असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरू उहाँहरूको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ,” उनले भने ।