देश बनाउन एमाले नै चाहिन्छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
5.8K
SHARES

३० भदौ बुटवल ।आज नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्र गतिमा अगाडि बढेको दाबी गरेका छन् ।

नेकपा (एमाले) रूपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए ।

ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङमार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ ।”

उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । ओलीले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गर्न भन्दै पार्टीका काममा खट्न कार्यकर्तालाई निर्देशन दिए ।