चीनबाट ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं ल्याइँदै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज १ २०७८
3.2K
SHARES

१ असोज काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं आइपुग्दै छ ।

खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान गए राति ११ बजे त्यसतर्फ प्रस्थान गरेको थियो। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए अनुसार खोप आज दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले चीनसँग खरिद गरिएको उक्त खोप आज दिउँसो काठमाडौं आइपुग्ने र केही दिनमा फेरि खोप अभियान शुरु गरिने जानकारी दिए ।

सरकारले ६० लाख डोज खोप खरिद गरेकोमा यसअघि १६ लाख डोज नेपाल ल्याइसकिएको छ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।