भरतमणिले जिते कमेडी च्याम्पियन


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज २ २०७८
4.7K
SHARES

२ असोज काठमाडौ । आज कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् ।

उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन् । यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ‘टिभिएस अपाचे’ बाइक पाएका छन् ।

गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए । उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन् ।