नेता शर्पालीले महेश बस्नेतलाई दिए यस्तो चेतावनी


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३ २०७८
7.1K
SHARES

३ असोज काठमाडौ । आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का भातृ संगठन योङ कम्युनिस्ट लिग नेपालका सह(संयोजक सुवोध शेर्पालीले नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतलाई प्रचण्डबारे टिप्पणी गर्दा सुन्तुलन गुम्यो भने टेक्ने र समात्ने ठाउ नपाइने चेतवानी दिएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेला कार्यक्रममा बस्नेतले प्रचण्डलाई एमाले प्रवेश गर्न खुल्ला आह्वान गरेपछि सह(संयोजक शेर्पाली आक्रोशित भएर आफ्नो सामाजिक संजाल फेसबुक मार्फत बस्नेत विरुद्ध कडा चेतवानी दिएको हो ।

शेर्पालीले लेखिएको छ ”बस्नेतले हाम्रो पार्टी अध्यक्षको राजनीतिक भविष्य सुनिश्चित गर्न बकबक गर्नु निकृष्ठता मात्रै हो । उनलाई मेरो सुझाव र चेतवानी के हो भने एमाले भन्ने पार्टीमा कुनै विचार,सिद्धान्त,विधि,पद्धति र लोकतान्त्रिक चरित्र नै छैन । एमालेको अस्तित्व कहिले सम्म रहन्छ भन्ने विषय नै आशंकको घेरामा रहेको बताए” ।

साथै प्रचण्ड खड्ग ओली जसरी ‘बा’ बनेर यो अवस्थामा आइपुगेको नेता नभएकोले प्रचण्ड विरुद्ध बोल्दा अराजकताले हद नाघ्यो भने विगतमा जस्तै गुमनाम भएर हिड्ने अवस्था आउने बताए ।उनले थप लेखेका छन् ‘विगतमा एउटै पार्टीको सहयोद्धा बनेर काम गर्दा अलिअलि बचेको भावना आफैले टुङ्ग्याउने कार्य नगर्नुहोस् । हाम्रो संगठन वाइसीएल नेपाल यसको अगुवाई गर्न सक्षम र सबल छ भन्ने तथ्य तपाईँले राम्रैसंग बुझ्नु भएको छ । तसर्थ प्रचण्डको राजनीतिको चिन्ता गरेर बोल्दा सन्तुलन गुम्यो भने चिहानबाट मुर्दा उठेर तपाईको घमण्डलाई दुत्कार्ने छन् । त्यो बेला न टेक्ने, न समात्ने ठाउँ पाइनेछ ।’