कोरोना अपडेटः १०९५ जना संक्रमित, ८ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ४ २०७८
3.2K
SHARES

४ असोज काठमाडौं । नेपालमा आज १०९५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १०,७८६ नमूनाको पीसीआर र ३०३१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ती संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ जसमध्ये पीसीआर विधिबाट ९७५ र एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११०४८ पुगेको हो। मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट थप २९ सय ५७ जना कोरोनामुक्त भएका छन्।