ट्राफिक प्रहरीलाई सुमेरु ग्रुपद्वारा प्राथमिक उपचार ब्याग हस्तान्तरण


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज ४ २०७८
3.6K
SHARES

४ असोज काठमाडौ । अहिले सुमेरु ग्रुप सामाजिक कार्यमा निकै अग्रसर बनेको छ । ललितपुरका विभिन्न संघसस्थाहरुलाइ सामाजिक तथा आर्थिक रुपमा सहयोग गर्दै आएको सुमेरु ग्रुपद्वारा काठमाडौका ट्राफिक प्रहरीलाई आज झण्डै सत्र लाख बराबरको फस्ट—एड (प्राथमिक उपचार) ब्यागसहितका विभिन्न सामाग्रीहरु वितरण गरिएको छ ।

ललितपुरमा सामाजिक कार्यमा छुट्टै पहिचान बनाउन सफल व्यक्ति तथा सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनद्वारा झण्डै सत्र लाख रुपैयाँ बराबरको १६ सय ५० थान फस्ट—एड (प्राथमिक उपचार) ब्याग काठमाडौ महानगरको ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रमको आयोजना गरी उक्त प्राथमिक उपचार ब्याग काठमाडौ महानगरका ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईलाई हस्तान्तरण गरिएको हो । उक्त ब्यागमा प्रहरीलाई चाहिने प्राथमिक उपचारका लागि स्वाथ्य सामाग्रीदेखि लिएर डायरी, कलम, स्यानीटाइजर सहित सामाग्रीहरु राखिएको छ ।

प्राथमिक उपचार किट वितरण कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले विगतमा ललितपुरको सातदोबाटोस्थित जिल्ला ट्राफिक प्रहरी र महानगरीय प्रहरी बृत्त, सातदोबाटोको भवन निर्माणका लागि उक्त भबन निर्माण अध्यक्षको भूमिका निर्वाह गरी निर्माण सम्पन्न गरी ट्राफिक र नेपाल प्रहरीलाई हस्तान्तरण गरिसकेको पनि बताउनु भयो ।