आज १,४७८ कोभिड संक्रमित, ६ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ६ २०७८
2.9K
SHARES

६ असोज काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ९३० वटा नमुनाको परीक्षण गर्दा एक हजार ४७८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

त्यस्तै आज एक हजार ६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २१ हजार १३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।