राष्ट्रपतिद्वारा बजेट प्रमाणीकरण
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ७ २०७८
4.1K
SHARES
७ असोज काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विनियोजन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ ।
“सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “विनियोजन विधेयक, २०७८“ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट