त्रिशूलीमा कार खस्यो : यी ३ जना वेपत्ता, १ घाइते
८ असोज चितवन । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डमा कार त्रिशुली नदीमा खसेको छ । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दिखोलाबाट गएराति करिब १२ः३० बजे त्रिशूली नदीमा कार खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुलीमा नदीमा खस्दा कारमा सवार चारजना मध्ये ३ जना बेपत्ता भएका छन ।
त्यस्तै कारमा सवार एक जना घाईते भएका छन । दुर्घटनामा परि घाईते हुनेमा पोखरा महानगरपालिका १७ कास्की बस्ने ४९ बर्षीय रुद्रलाल सुवेदी रहेको प्रहरीले जनाएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ।
दुर्घटनामा परि बेपत्ता हुनेहरूमा कार चालक कास्की, पोखरा महानगरपालिका वडा नं १७ का अन्दाजी ५५/६० वर्षीय प्रेम भुजेल, कारमा सवार ५५/६० वर्षीय लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल रहेको प्रहरीले जानकारी दिएको छ।