अखिल (क्रान्तिकारी) को गण्डकी प्रदेश सम्मेलनको तयारी पूरा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ८ २०७८
6K
SHARES

८ असोज काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट भातृ संगठन अखिल (क्रान्तिकारी) को गण्डकी प्रदेश सम्मेलनको तयारी पूरा भएको छ ।

“ संघीय लोकतान्त्रिक गन्तन्त्र र राष्ट्रिय स्वाधिनता रक्षार्थ हाम्रो आन्दोलन ,सविंधानको कार्यन्वयन र शैक्षिक रुपान्तरणको लागि प्रथम गण्डकी प्रदेश सम्मेलन” को नारा सहित असोज ९ गते पोखरा लामाचौरस्थित पश्चिमाञ्चल क्याम्पसमा हुने छ ।

सम्मेलनमा प्रदेशका ११ वटै जिल्लाबाट ३०० प्रतिनिधि सहभागि हुने क्रान्तिकारीका केन्द्रीय सचिव एवं प्रदेश संयोजक क्षितिज सापकोटाले जानकारी दिए । सम्मेलनले ११ सदस्सीय पदाधिकारी सहित १२१ सदस्सीय प्रदेश समिति निर्वाचित गर्नेछ ।