आज १,४७६ संक्रमित थपिए, नौजनाको मृत्यु, एक हजार ५५० संक्रमणमुक्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ८ २०७८
3.3K
SHARES

८ असोज काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १५ हजार ६९० वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा नौजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ । यस्तै, यो अवधिमा एक हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।