फिस्टो मार्न गुलेली नै काफी – नेता सुदन


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज ९ २०७८
5.7K
SHARES

९ असोज काठमाडौं । अब नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद सुदन किरातीले रामबहादुर थापा ‘बादल’ सँग निर्वाचन लड्न आफू काफी भएको दावी गरेका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएपछि त्यसको जवाफमा प्रतिक्रिया दिएका छन् ।

बादलको भनाइप्रति टिप्पणी गर्दै किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने गुलेली मटेङग्रा नै काफी ! सुदन किराती vsराम बहादुर थापा ।’ सुदन भोजपुबाट दुईपटक प्रत्यक्ष निर्वाचित भइसकेका छन् ।