देश समृद्धि बनाउन लाग्छौं – अर्थमन्त्री शर्मा
९ असोज काठमाडौं ।आज अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले सत्ता गठबन्धनलाई बलियो बनाएर संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्धि बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले लोकतन्त्र र संविधानका पक्षधर दलबीचको गठबन्धन सरकारले मुलुकको समृद्धिमा ध्यान दिने बताए ।
मन्त्री शर्माले नेपाल बहुआयामिक गरिबीमा पर्नुको कारण पत्ता लगाई समाधान खोज्ने योजना तीन महिनाभित्र सार्वजनिक गर्ने जानकारी दिए । व्यापार घाटाको अबको अवधि प्रक्षेपण गर्न अध्ययन गर्ने र रिपोर्ट सार्वजनिक गरिने उनले बताए । उनले संविधानमा उल्लेख समाजवादोन्मुख अर्थतन्त्रको ठोस कार्यक्रम राष्ट्रिय सहमति गरेर निर्माण गर्ने पनि बताए । कार्यक्रममा शर्माले विभिन्न दलबाट आएका कार्यकर्तालाई माओवादी प्रवेश गराएका थिए ।