ओलीले दिए नेपाललाई यस्तो जवाफ


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १० २०७८
4.3K
SHARES

१० असोज काठमाडौं ।आज  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको एक भनाइप्रति टिप्पणी गरेका छन् ।

अध्यक्ष नेपालले शनिबार आयोजित एक कार्यक्रममा ‘आगामी निर्वाचनमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने’ स्थिति आउने बताएका थिए । अध्यक्ष ओलीको त्यसको जवाफ फर्काएका हुन् ।

आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले भने, “मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो ।” बैठकमा ओलीले आफूले गरेको संसद् विघटन सही भएको तर्क पनि गरेका थिए ।