ताजा जनादेश आवश्यक – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १२ २०७८
3.6K
SHARES

१२ असोज काठमाडौं । आज एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशको आवश्यकता रहेको बताएका छन् ।  विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । “प्रतिनिधि सभा चलेन,” उनले भने, ताजा जनादेश आवश्यक छ ।

हामी कांग्रेससँग पनि मिल्नुपर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ । उनले सभामुखको भूमिका निष्पक्ष हुन नसकेको भन्दै निर्वाचन आयोग पनि त्यस्तै रहेको आरोप लगाए ।