वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित
२० असोज काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापति पदका लागि मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र शर्माको मात्रै उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
एकल उम्मेदवारी परेपछि शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।यसअघि गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट शर्मा उपसभापतिमा चयन भएका थिए। त्यसअघि ०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट उनी महामन्त्री निर्वाचित भएका थिए।