प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता जारी


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १३ २०७८
4.2K
SHARES

१३ असोज काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा र दाहालबीच अहिले बालुवाटारमा भेटवार्ता जारी छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार भेट केहीबेर अघि सुरु भएको हो ।

भेटमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ । राजनीतिक अध्यादेश खारेज भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।