अखिल क्रान्तिकारीको अध्यक्ष कलिकोटकि पञ्चा सिंह


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १७ २०७८
10.3K
SHARES

१७ असोज  काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष कलिकोटकि पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह भयको  निर्णय सुनाएका हुन् । सिंह अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेकि  हुन् ।

क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह , तिलकराज भण्डारी  र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । बिगत तिन दिन देखि जारी बन्द सत्रले हल निकाल्न नसके पछि  अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले  बताए ।अबको  केहि बेरमा  २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ ।