अबको यात्रा पार्टी जिम्मेवारीमा – निवर्तमान उपाध्यक्ष गौतम


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १७ २०७८
4.5K
SHARES

१७ असोज काठमाडौ । पार्टीले अखिल (क्रान्तिकारी)काे अध्यक्षमा महिला नेतृ पंचा सिंहलाई ताेके पछि अध्यक्षका प्रमुख दाबेदार तथा निवर्तमान उपाध्यक्ष विजय गाैतले समाजिक सन्जालमा लेखेको अर्थ पुर्ण विद्यार्थी राजनीतिकाे भाेगाई, उनी लेखछन-पहिलो महिला अध्यक्षको रूपमा कमरेड पंचा सिंलाई हार्दिक बधाई !

• कक्षा ६ मा पढ़दै गर्दा अखिल (क्रान्तिकारी)मा आवद्ध भएँ ! विद्यार्थी संगठनमा आवद्धता र सक्रियताको २५ वर्ष र पूर्णकालीन सक्रियताको १९ वर्षे यात्राले नयाँ मोड लिएको छ । अब दृढतापूर्वक पार्टी राजनीतिको यात्रा अगाडी बढ़ने छ।

• सामान्य परिवारिक पृष्ठभूमिबाट सुरु भएको मेरो विद्यार्थी संगठनको यात्रामा विद्यालय इकाई सदस्य(२०५३), जिल्ला सदस्य, क्याम्पस समिति अध्यक्ष, जिल्ला सचिव, जिल्ला अध्यक्ष (२०६१), १७ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति सदस्य (२०६३), १८ औं राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य (२०६७), त्रि.वि. सह- इन्चार्ज, ललितपुर जिल्ला इन्चार्ज, तत्कालीन नेवा राज्य समिति सह-संयोजक, बागमती प्रदेशको संस्थापक संयोजक (२०७२), १९ औं राष्ट्रिय सम्मेलन पश्चातको एकता भेलाबाट केन्द्रीय सचिव तथा बागमती प्रदेश संयोजक, २१ औं राष्ट्रिय सम्मेलनबाट खुल्ला तर्फ निर्वाचित उपाध्यक्ष हुँदै अविछिन्न र अविचलित रुपमा क्रियाशील रहें।

• बितेका ऊर्जाशिल समयलाई एउटा सिकाईको विश्वविद्यालय, अनुभवको पुञ्ज, भविष्यको यात्राको आधारको रूपमा लिएको छु।

• यो यात्रामा हज्जारौं विद्यार्थी साथीहरुसँग प्रत्यक्ष/परोक्ष सहकार्य, समन्वय रह्यो । यसक्रमका सबै अग्रज, सहयोद्धा, शुभेच्छुक, शुभचिन्तक साथीहरुलाई विशेष आभार व्यक्त गर्दछु। मेरो राजनीतिक यात्राले नयाँ मोड लिएसंगै नयाँ प्रकारका सहकार्यहरु हुने नै छन्।

• अखिल (क्रान्तिकारी)को इतिहासमा पहिलो महिला अध्यक्षको रूपमा ज़िम्मेवारी प्राप्त गर्नुभएकोमा सहयोद्धा कमरेड पंचा सिं लाई अनमोल बधाई सहित सुखद कार्यकालको शुभकामना !