प्रतिनिधि सभा बैठक बस्दै , यी हुन् एजेण्डा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १९ २०७८
9K
SHARES

१९ असोज काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कामकारबाही सञ्चालन गर्दै आएका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगती प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।

No description available.