मन्त्रीहरूको शपथग्रहण आजै हुनसक्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २१ २०७८
3.6K
SHARES

२१ असोज काठमाडौं ।आज नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने बताएका छन् ।  एक टेलिभिजनको उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले मन्त्रीहरूको नाम टुंग्याइसकेको भन्दै आजै मन्त्रिपरिषद् विस्तारको प्रयास भएको जानकारी दिए ।

“उस्तै परे आजै मन्त्रिपरिषद् टुंगिन्छ होला, हामीले समावेशी समानुपातिकतालाई सम्बोधन हुने गरी मन्त्री सिफारिस गरिसकेका छौँ,” उनले भने, “महिलालाई पार्टीबाट ५० प्रतिशत नै हामीले पुर्‍याएका छौँ । पछि पारिएका समुदायहरू सबैलाई सम्बोधन गर्ने सोचका साथ अघि बढेका छौँ ।” उनले पार्टीमा पनि ३५ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्‍याइने बताए ।