सरकारले ८८ दिनपछि पायो पूर्णता (मन्त्रीहरुको नामवली)


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज २२ २०७८
11.6K
SHARES

२२ असोज काठमाडौं । आज शेरबहादुर देउवा नेतृत्वको सरकार ८८ दिनपछि विस्तार भएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्रीहरुको नाम टुंगिएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

मन्त्रिपरिषद विस्तारका क्रममा देउवाले यसअघिका मन्त्रीको मन्त्रालयगत जिम्मेवारी पनि फेरबदल गर्नुभएको छ ।

कांग्रेसबाट गृह मन्त्रालय–बालकृष्ण खाँण, परराष्ट्र मन्त्रालय–नारायण खड्का, सञ्चार, सूचना तथा प्रविधि–ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिला–दिलेन्द्र बडु, महिला बालबालिका तथा ज्येष्ठ नागरिक–उमा रेग्मी, रक्षा मन्त्रालय–मिनेन्द्र रिजाल, खानेपानी मन्त्रालय–उमाकान्त चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय–गजेन्द्र हमाल रहनु भएको छ ।

जसपाबाट मन्त्री बन्नेहरुमा भौतिक पूर्वाधार तथा यातायात–रेणु यादव, संघीय मामिला तथा सामान्य प्रशासन–राजेन्द्र श्रेष्ठ, वन तथा वातावरण–रामसहाय यादव, कृषि तथा पशुपन्छी विकास–प्रमोद साह हुनुहुन्छ ।

एकीकृत समाजवादीबाट, संस्कृति पर्यटन तथा नागरिक उड्यन– प्रेम आले , श्रम रोजगार तथा सामाजिक सुरक्षा–कृष्णकुमार श्रेष्ठ किसान, सहरी विकास मन्त्रालय– रामकुमारी झाक्री, स्वास्थ्य तथा जनसंख्या–विरोध खतिवडा, स्वास्थ्य राज्यमन्त्री–भवानीप्रसाद खापुङ मन्त्री बन्दै हुनुहुन्छ ।

यस्तै, माओवादी केन्द्रलाई अर्थ मन्त्रालय–जनार्दन शर्मा, शिक्षा विज्ञान तथा प्रविधि–देवेन्द्र पौडेल, ऊर्जा मन्त्रालय–पम्फा भुसाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण–शशि श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय–महेश्वर गहतराज मन्त्री बन्न लाग्नु भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानिएको छ ।