सिन्धुपाल्चोकमा बस दुर्घटना ३५ जना घाइते


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३१ २०७८
3.7K
SHARES

३१ असोज काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको बस ६ किलो नजिक दुर्घटना भएको हो । घाइतेहरुलाई काभ्रेको धुलिखेल र खाडीचौरको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

धुलिखेल अस्पतालमा उपचाररत घाइतेको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।